मुस्ताङमा विश्वकै ठुलो शालिग्राम मूर्ति स्थापना, भारतीय जगद्गुरु शंकराचार्यद्वारा उद्घाटन
nagariknews.nagariknetwork.com · Fri May 29 00:58:10 GMT 2026

मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ। यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुँदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वक समुद्घाटन गरिएको हो।
मुक्तिनाथ दर्शनका लागि आएका दक्षिण भारत कर्नाटक राज्यको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजद्वारा विशाल शालिग्रामको समुद्घाटन गरिएको हो। शालिग्राम शिलाको समुद्घाटन गरिएकाले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)