गणतन्त्रवादी जेन-जी
nepalnews.com · Fri May 29 01:15:12 GMT 2026

आज १५ जेठ। संविधानसभाको पहिलो बैठकले २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा दिन। निर्णायक राजनीतिक परिवर्तनको १९औँ वार्षिकोत्सव मनाउँदै गर्दा अघिल्ला वर्षको भन्दा भिन्न ऐतिहासिक परिप्रेक्ष्य छ। देशका युवा पुस्ता, विशेषगरी जेन-जी पुस्ता, सडकमा उत्रिएर व्यवस्थाको आमूल पुनःसंरचनाको माग गर्दै आन्दोलित भएपछिको पहिलो गणतन्त्र दिवस हो यो।
जेन-जी आन्दोलनले केवल सरकार परिवर्तनको माग गरेन, गणतन्त्रको ‘आत्मा’ लाई नै प्रश्न गर्यो। के शासनसत्ता साँच्चिकै जनताको हातमा छ? के राज्यसम्बन्धित संस्थाहरू जवाफदेह छन्? के युवाका आकांक्षा नीति निर्माणमा समेटिएका छन्? यी प्रश्नका जवाफ संविधानको पानामा थिए, तर व्यवहारमा थिएनन्। आन्दोलनले प्रश्नहरू सडकमा ल्याइदियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)