गणतन्त्रको रक्षा र सुदृढीकरणमा एकताबद्ध हुन मुख्यमन्त्री आचार्यको आह्वान
ratopati.com · Fri May 29 01:42:50 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका हुन् ।
उनले गणतन्त्रले नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै समावेशी, समानुपातिक, न्यायपूर्ण र उत्तरदायी शासन व्यवस्थाको आधार तयार भएको बताए । मुख्यमन्त्री आचार्यले लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकार स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । साथै परिवर्तनका लागि संघर्ष गर्ने राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, युवा, महिला तथा आन्दोलनमा सहभागी सम्पूर्ण नागरिकप्रति सम्मान प्रकट गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)