अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
baahrakhari.com · Thu Feb 06 18:08:17 GMT 2025
काठमाडौं । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत घोडाघोडी–११, सुखडले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई एक विकेटले पराजित गरेको छ ।
समूह ‘ए’ को लिग चरणको अन्तिम खेलमा सुखडसँग पराजित भए पनि डडेल्धुरा अंकतालिकाको शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । तीन खेल खेलेको डडेल्धुराको दुईमा जितका साथ चार अंक छ । समान तीन खेलबाट चार अंक जोडेको डीसीए धनगढी रनरेटको आधारमा पछि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)