हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
nepalnews.com · Sat Jun 06 00:37:14 GMT 2026
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकाय (आइओएम) ले विभिन्न ठूला तथा साना गिरोहहरूको द्वन्द्वले ध्वस्त भएको हाइटीमा १४ लाख ७० हजार मानिस विस्थापित भएको बताएको छ।
एक करोड २९ लाख जनसङ्ख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा गरिब देश हाइटी वर्षौंदेखि अस्थिरताबाट ग्रस्त छ। शक्तिशाली सशस्त्र गिरोहहरूको स्वार्थको लडाइँका कारण हाइटीमा हत्या, बलात्कार, लुटपाट र अपहरणजस्ता जघन्य अपराधका घटनाहरू बढिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)