इजरायली सेनालाई गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन नेतन्याहुको निर्देशन
nepalviews.com · Fri May 29 03:43:57 GMT 2026

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशको सेनालाई गाजा पट्टीको थप भूभाग कब्जा गर्दै कुल क्षेत्रको ७० प्रतिशत हिस्सा नियन्त्रणमा लिन निर्देशन दिएका छन् । दुई वर्षदेखि जारी सैन्य आक्रमणका कारण तटीय क्षेत्रको सानो भूभागमा खुम्चिएका प्यालेस्टाइनी नागरिकमाथि संकट थपिने गरी इजरायली प्रधानमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो।
बिहीबार कब्जा गरिएको वेस्ट बैंकको एक बस्तीमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले चरणबद्ध रूपमा गाजाको थप भूभाग कब्जा गरिने बताए। "हामी पहिले ५० प्रतिशतमा थियौँ, त्यसपछि ६० मा पुग्यौँ। मेरो निर्देशन अब अगाडि बढ्ने हो, सुरुमा ७० प्रतिशतबाट सुरु गरौँ," नेतन्याहुले भने, "हामी उनीहरूलाई (हमास) सबै तर्फबाट दबाब दिइरहेका छौँ र बाँकी रहेकाहरूलाई पनि तह लगाउने छौँ।"
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)