मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
barnanmedia.com · Sun Sep 13 22:19:55 GMT 2026

काठमाडौँ, २९ भदौः त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण पूरा गरेका छन् ।
युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)सँगको शैक्षिक सहकार्यअन्तर्गत भएको कार्यक्रममा सहभागीले समाचारकक्षमा एआईको प्रयोग, मानव–मेसिन सहकार्य, डिजिटल सामग्री उत्पादन, दृश्य कथा वाचन तथा मिथ्या र भ्रामक सूचना व्यवस्थापनबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)