च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता
barnanmedia.com · Sun Sep 13 22:24:11 GMT 2026

बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता हुनुभएको छ । भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ ।
जङ्गलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले उहाँको खोजी सुरु गरेका छन् । डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाइ भइरहेको परिवारले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)