गणतन्त्र दिवस मूल समारोहलाई प्रधानमन्त्री बालेनले गरेनन् सम्बोधन
annapurnapost.com · Fri May 29 04:39:38 GMT 2026

काठमाडौं : गणतन्त्र दिवस मूल समारोहलाई प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगरी समापन भएको छ। गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ।
तर प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा सम्बोधन नगरेका प्रधानमन्त्री बालेन गणतन्त्र दिवसको मूल समारोहमा सहभागी भएपनि सम्बोधन नगरेका हुन्। समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका हुन्। समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो। शितल निवास स्रोतका अनुसार गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपतिसमक्ष पत्राचार भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)