काठमाडौँको सहकारीद्वारा मोरङमा ठगी, १ करोड ३० लाख बचत फिर्ता भएन
ratopati.com · Mon Sep 14 00:18:13 GMT 2026

विराटनगर । काठमाडौँमा मुख्य कार्यालय रहेको भनिएको समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडको बेलबारी सेवा केन्द्रले बचतकर्ताको करोडौँ रुपैयाँ अपचलन गरी कार्यालय बन्द गरेपछि सयौँ बचतकर्ता पीडित बनेका छन् ।
साना व्यवसायीले उक्त सहकारीमा बचत राखेका थिए । अहिले सोही रकम फिर्ता पाउन स्थानीय प्रशासन, प्रहरी कार्यालय र सहकारी व्यवस्थापनको दैलो चहार्न पीडित बचतकर्ता बाध्य भएका छन् । पटक–पटक भएका लिखित सहमतिहरू कार्यान्वयन नहुनु र सञ्चालकहरूले फोनसमेत नउठाइ सम्पर्कविहीन भएको भन्दै बचतकर्ताहरू थप आक्रोशित र सशङ्कित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)