१० दिनमा उपत्यकामा चार लाख सिलिण्डर ग्यास वितरण
lokaantar.com

मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ल्याइएको करिब चार लाख सिलिण्डर एलपी ग्यास पछिल्लो १० दिनमा काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा वितरण गरिएको छ ।
नेपाल आयल निगमका अनुसार भदौ १८ देखि २७ गतेसम्म वैकल्पिक मार्ग त्रिभुवन राजपथ तथा बिपी राजमार्ग हुँदै ल्याइएका तीन लाख ९९ हजार ५२९ सिलिण्डर उपभोक्तालाई वितरण गरिएको हो । पछिल्लो १० दिनमा उपत्यकामा दैनिक औसत ४० हजार सिलिण्डर ग्यास बिक्री वितरण भइरहेको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)