हेटौँडामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा चल्यो डोजर
hamrakura.com · Fri May 29 00:00:00 GMT 2026
काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–५ क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका घरटहरा हटाउने क्रममा शुक्रबार डोजर प्रयोग गरिएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत उपमहानगरपालिकाले उक्त कदम चालेको जनाएको छ।
उपमहानगरपालिकाका अनुसार लामो समयदेखि सूचना जारी गरिँदै आएको र स्वेच्छाले संरचना हटाउन आग्रह गरिएको भए पनि अटेर गरेपछि डोजर प्रयोग गर्न बाध्य हुनुपरेको हो। नगर प्रशासनले सडक विस्तार, नाला व्यवस्थापन तथा सार्वजनिक उपयोगका लागि आवश्यक जग्गा खाली गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)