बजेटको बित्यास
annapurnapost.com · Mon Sep 14 00:23:16 GMT 2026

नेपालमा सरकारी ढुकुटी कमजोर भएरमात्रै भन्दा पनि त्यसको सही सदुपयोग नभएरै विकास र समृद्धि हासिल हुन नसकेको हो। वार्षिक सरकारी बजेट केवल लोकप्रियताका लागि कनिका छराई गर्दा प्रस्ट उपलब्धि भएको छैन।
संघीय सरकारले ठूला आयोजना र योजना केन्द्रित गर्ने, प्रदेश मझौला र स्थानीयले साना योजना बनाउने हो भने देखिने उपलब्धि हुन्थ्यो। तर तीनैथरी सरकार जनता रिझाउने नाममा टुक्रे बजेटको बाढी लगाउँछन् र ढुकुरी बित्यास पार्छन्। अहिले मधेस प्रदेशको बजेटमा देखिएका बेथिति छन्, ती पनि यस्तै प्रवृत्तिका द्योतकमात्रै हुन्। जस्तो कि धनुषाको अकौरा ठाकुरपोखरीको डिलमा २० लाखमा मधेस प्रदेश सरकारले वृद्धाश्रम बनायो। बाख्राको खोरभन्दा सानो र साँघुरोमा वृद्धवृद्धा कसरी पनि बस्लान् भनेर अहिले त्यो टहरो खिसिटिउरीको विषय भएको छ। यस्ता बग्रेल्ती उदाहरण छन्। कतै बगैंचा बनाउने भनेर प्रदेशले बजटे हालेको छ, कतै गुम्बा, कतै मन्दिर र मदरसा।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)