४ हिमताल उच्च जोखिममा
annapurnapost.com · Mon Sep 14 00:28:15 GMT 2026

काठमाडौं : चाँदीजस्तै झलमल्ल बलेका हिमालहरू नेपालको उत्तरी भेगमा लयबद्ध छन्। तिनै हिमालहरूले नेपाललाई विश्वभरि हिमालहरूको देश भनेर चिनाउने गर्छन्। जसले नेपालको पर्यटन र अर्थतन्त्र सुधारमा ठूलो टेवा पुर्याएका छन्।
पछिल्लो पटक जलवायु परिवर्तनका कारण विभिन्न क्षेत्रका हिमालहरू पग्लेर ठूलाठूला ताल बनेका छन्। यसरी हिमालको काखमा बनेका तालहरू कति बेला विस्फोट हुन सक्छन् भन्ने यकिन छैन। गत भदौ १० गतेका दिन एकाबिहानै भोटेकोशीमा गएको महाविपद्को नाम दिएको भोटेकोशी बाढीले अकल्पनीय क्षति पुर्यायो। यसरी हिउँ पग्लेर बनेको हिमतालहरूको विस्फोटनले हिमाली बस्तीहरूको भविष्य जोखिममा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)