आज पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनका लागि ४ वटा लाइन, सवारी पार्किङ कहाँ गर्ने ?
annapurnapost.com · Mon Sep 14 00:52:33 GMT 2026

काठमाडौं : पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि आज ४ वटा दर्शन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारैढोका खोलिएको हो। हरितालिका पर्वका अवसरमा सोमबार पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लाग्ने गर्छ।
पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्याम्पबाट आराध्यदेव भगवान्को दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)