तीज गीतमा बर्सेनि ओइरो, गुनगुनाउन र नाच्न पुरानै गीत रोजाइमा
ratopati.com · Mon Sep 14 01:07:41 GMT 2026

काठमाडौँ । तीजको अवसर पारेर बर्सेनि नयाँ गीतको ओइरो लाग्ने गर्छ । भोटेकोशी बाढीका कारण सिङ्गो देश शोकमा परेका कारण यो वर्ष तुलनात्मक रूपमा तीजका गीत कम आए पनि विगतमा बर्सेनि तीज गीतकै रूपमा ३ सयको हाराहारीमा गीत सार्वजनिक हुन्थ्यो ।
बर्सेनि यतिका गीत थपिए पनि महिलाहरूले तीजका अवसरमा गुनगुनाउने तथा नाच्नका लागि भने पुरानै गीत रोज्ने गरेको पाइन्छ । बजारमा बर्सेनि आउने दर्जनौँ गीतमध्ये औँलामा गन्न मिल्ने गीतले मात्र चर्चा पाउँछन् । कतिपय गीत त स्रोता–दर्शकले आए–गएको पत्तै पाउँदैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)