इरान र खाडी देशबीचको होर्मुज जलमार्गसम्बन्धी बैठक स्थगित
nepalnews.com · Mon Sep 14 01:10:33 GMT 2026

काठमाडौं । इरान र फारसको खाडीका देशहरूबीच होर्मुज जलमार्गको प्रस्तावमा छलफल गर्न तय गरिएको उच्चस्तरीय बैठक स्थगित भएको छ। ओमानका विदेशमन्त्री सइद बद्र अल्बुसादीले आइतबार राति सामाजिक सञ्जालमार्फत सोमबारका लागि निर्धारित उक्त क्षेत्रीय बैठक स्थगित भएको जानकारी दिएका हुन्।
इरानको फार्स समाचार एजेन्सीका अनुसार केही क्षेत्रीय राष्ट्रहरूको आग्रहमा तेहरान र मस्कटको संयुक्त निर्णयबमोजिम बैठक पछि सारिएको हो। इरानले ओमानसँग समन्वय गरी बैठकको नयाँ मिति पछि तय गरिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)