एसिया कपमा छानिएको नेपाली टोली एसीसी प्रिमियर कपसहित स्वदेश फिर्ता [फोटोफिचर]
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026
काठमाडौँ । ‘एसीसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार राति अबेर काठमाडौँ आइपुगेको हो ।
स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत पदाधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरे । सो अवसरमा सचिव खड्काले टोलीलाई उपाधिका लागि बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)