‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ अभियान, विद्यालयमा आफ्नै उत्पादनको खाजा
corporatenepal.com · Mon Sep 14 01:13:23 GMT 2026

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माध्यमिक विद्यालयलले तरकारी खेती सुरु गरेको छ । विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने, विद्यार्थीहरुलाई प्राविधिक र व्यावसायिक ज्ञान सीप सिकाउने उद्देश्यले तरकारी खेती सुरु गरेको हो ।
ताकम माविका प्रधानाध्यापक केशर रावलले टनेल बनाएर मौसमी र बेमौसमी तरकारी खेती सुरुआत गरेको जानकारी दिए । “विद्यार्थी र शिक्षकहरुले फुर्सदको समयमा प्रयोगात्मक अभ्यासका लागि पहिलो चरणमा एउटा टनेलमा बन्दा, काउली र गाजर लगाएका छौँ,” उनले भने, “थप जमिनमा हिउँदे आलु र साग प्रजातिका तरकारी लगाउने तयारीमा छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)