सुरुङमार्ग बनाउने अध्ययन दुई दर्जनको , काम दुइवटाको मात्रै
kendrabindu.com · Mon Jun 22 02:09:24 GMT 2026

काठमाडौं । दुई दर्जन सुरुङमार्गको पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गरिए पनि प्रभावकारी काम दुइटामा मात्र भएको छ । अहिले नागढुंगा–सिस्नेखोला र सिद्धबाबा सुरुङमार्ग मात्र निर्माणाधीन छन् ।
नागढुंगा सुरुङमार्ग सञ्चालनको अन्तिम चरणमा छ । सिद्धबाबा सुरुङमार्ग पनि निर्माणकै चरणमा छ । आगामी आर्थिक वर्षमा टोखा–छहरे गुर्जेभन्ज्याङ, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ अध्ययन, दोलालघाट–चर्नावती, हात्तीसार–बबई, खुर्कोट–चियाबारी, शिवपुर–भालुबाङ र रानीघाट–भुरीगाउँ सुरुङमार्गको अध्ययन गर्न भन्दै आगामी आर्थिक वर्षको बजेटमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)