अमेरिका- इरान सम्झौताको ‘धेरै नजिक’ पुगेको भान्सको दाबी
hamrakura.com · Fri May 29 00:00:00 GMT 2026
काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबिचको सम्भावित रणनीतिक समझदारी निर्णायक चरणमा पुगेको बताउँदै वासिङ्टन सम्झौताबाट ‘धेरै नजिक’ रहेको दाबी गरेका छन्। उनीका अनुसार यस सम्भावित सहमतिले हर्मुज जलमार्गमा आवागमन सहज बनाउने, इरानको सैन्य क्षमता कमजोर पार्ने तथा तेहरानको आणविक कार्यक्रमलाई दीर्घकालीन रूपमा पछि धकेल्ने अमेरिकी लक्ष्यलाई बल पुग्नेछ।
मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले हालसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरे। उनले अन्तिम सहमति भएमा हर्मुज जलमार्ग पुनः खुल्ने, इरानको परम्परागत सैन्य संरचनामा गम्भीर असर पर्ने र आणविक कार्यक्रममाथि उल्लेखनीय नियन्त्रण सम्भव हुने बताए। यद्यपि यो प्रक्रिया अझै पूरा नभइसकेको उल्लेख गर्दै उनले वार्ता जारी रहेको र सहमतितर्फको दूरी निकै कम भएको सङ्केत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)