तीजका दिन पनि ठप्प छन् मुख्य सडक
himalpress.com · Mon Sep 14 01:35:53 GMT 2026

काठमाडौँ- आज तीज। आज पनि देशका मुख्य सडकहरू अवरुद्ध छन्। सडक अवरुद्ध भएकै कारण आवतजावतमा समस्या निम्तिएको छ। सोमबार बिहान ०६:०० बजेसम्म प्राप्त विवरणअनुसार सम्भावित बाढीपहिरोका कारण केही स्थानमा यातायात पूर्ण रूपमा बन्द छ भने केही स्थानमा एकतर्फी सञ्चालनमा ल्याइएको छ।
काभ्रेस्थित बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी खण्डमा भदौ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि समय तालिका मिलाएर सवारी सञ्चालन गरिएको छ। साँझ १९:०० बजेदेखि बिहान ०५:०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन हुनेछन्। बिहान ०४:०० बजेदेखि साँझ १८:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधनहरू सुचारु गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)