अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई प्रतिशतले बढ्यो
nepalnews.com · Mon Sep 14 01:50:57 GMT 2026

काठमाडौं। साउदी अरेबियामाथि हुथी विद्रोहीको आक्रमण र खाडी क्षेत्रमा जहाजहरूमाथि भएका इरानी आक्रमणका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर संकट देखिएको छ। साउदीको मुख्य तेल पाइपलाइन बन्द भएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
बजार खुल्दा ३ प्रतिशतभन्दा बढीले बढेको ब्रेन्ट क्रुडको मूल्य पछि २.७७ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल १०७.५१ डलर पुगेको छ। त्यस्तै डब्लूटीआई फ्युचर्सको मूल्य पनि २.२७ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३२ डलर कायम भएको छ। ऊर्जा आपूर्तिमा देखिएको यो अवरोधका कारण गत हप्ता मात्रै तेलको मूल्य ८ प्रतिशतले बढेर जुलाईयता पहिलो पटक प्रतिब्यारेल १०० डलर पार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)