गैंडाकोट नगर इसाई समाजको अध्यक्षमा पुनः निर्दोष गिरी
lokaantar.com

गैंडाकोट नगर इसाई समाजको १०औँ वार्षिकोत्सव तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः पास्टर निर्दोष गिरी सर्वसम्मत रूपमा चयन भएका छन्। ‘दाजुभाइ एकतामा रहनु कति असल र मनोहर हुन्छ’ भन्ने मूल नाराका साथ शनिबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा सम्पन्न अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा रामु सापकोटा, सचिवमा चेतन दर्लामी मगर, सहसचिवमा अमृत राना र कोषाध्यक्षमा प्रेम पौडेल रहेका छन्। यसैगरी सदस्यहरूमा मंगलप्रकाश श्रेष्ठ, यदुलाल लोहनी, शारदा रसाइली, सुरेश परियार, कौशिला विक र खेम पंगेनी निर्वाचित भएका छन्। गैंडाकोट नगरपालिका-२ का वडाध्यक्ष प्रकाश सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी तथा युवा नेताद्वय गोकुल सापकोटा र सुमन लुङ्गेली विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)