हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम
lokaantar.com

हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि महिला व्रतालु भक्तजनको लाम लागेको छ । व्रत बसेका महिलाको सहजताका लागि सोमबार बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ¥याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)