हिमालयन बैंक र युनियनपेबीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ
aarthiknews.com

काठमाडौं। हिमालयन बैंकले युनियनपेको सहकार्यमा युनियनपे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले चीनको प्रसिद्ध कार्ड ब्रान्ड युनियनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक स्थानीय ग्राहकका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउन उक्त कार्ड सेवा सुरु गरेको जनाएको छ ।
उक्त कार्डमार्फत ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटिएम, पीओएस, क्यूआर कोड एवं ई–कमर्स प्लेटफर्ममार्फत हुने कारोबार चिनियाँ मुद्रा आरएमबी (सीएनवाई) मै सहज भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार बजारमा उपलब्ध अन्य माध्यमको तुलनामा यो सेवा बढी सहज, किफायती तथा सर्वस्वीकार्य हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)