बाँदरले बालीकै वैकल्पिक खोज्न बाध्य किसान, मकै-कोदो छाडेर बेसार खेती लाउँदै
himalpress.com · Mon Sep 14 02:15:11 GMT 2026

भोजपुर- बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन्।
मकै, कोदो, धान र फलफूल बाँदरबाट बचाउन कठिन भएपछि स्थानीयवासी बेसार खेतीमा लागेका हुन्। विशेषगरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका- ५ बोखिमका किसान नवराज फुँयालले बताए। ‘मकै र कोदोजस्ता खेती बाँदरबाट जोगाउनै मुस्किल छ,’ फुँयालले भने, ‘बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली हाम्रा लागि उत्तम विकल्प बनेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)