तीजदेखि ऋषि पञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
nepalpress.com · Mon Sep 14 02:19:41 GMT 2026

नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्व मात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो । तीज आउँदा रातो पहिरन, पूजा, व्रत, गीत, नाचगान, माइतीको सम्झना र भेटघाटले नेपाली समाजमा छुट्टै उत्साह ल्याउँछ । तर तीजको वास्तविक अर्थ बाहिरी प्रदर्शन र रमझममा मात्र सीमित छैन । यो महिलाहरूले आफ्ना भावना व्यक्त गर्ने, सुख–दुःख साटासाट गर्ने, पारिवारिक सम्बन्धलाई आत्मीय बनाउने र आफ्नो आत्मबल तथा पहिचानलाई अनुभूति गर्ने अवसर पनि हो । त्यसैले तीजलाई केवल एउटा पर्वका रूपमा होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको हाम्रो सामाजिक स्मृति, सांस्कृतिक पहिचान र जीवनदर्शनका रूपमा बुझ्नु आवश्यक छ ।
हरितालिका तीजको पौराणिक कथा देवी पार्वतीको तपस्या, दृढ सङ्कल्प र भगवान् शिवप्रतिको अटल समर्पणसँग जोडिएको छ । पौराणिक परम्पराअनुसार सतीदेवीले देह त्याग गरेपछि पार्वतीका रूपमा पुनर्जन्म लिइन् । बाल्यकालदेखि नै उनको मन शिवप्रति समर्पित थियो । पारिवारिक इच्छाअनुसार उनको विवाह अन्यत्र गराउने प्रयास भएपछि उनले आफ्नो इच्छालाई त्यागिनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)