टि-ट्वन्टी महिला एसिया कपको उपाधी भारतलाई
kendrabindu.com · Mon Sep 14 02:34:31 GMT 2026
काठमाडौं । भारतले श्रीलंकालाई ७२ रनले पराजित गर्दै टि-ट्वन्टी महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ । योसँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी आठौँ पटक एसिया कप उपाधि जितेको हो । भारत प्रतियोगितामा अपराजित रह्यो ।
२०२४ को फाइनलमा श्रीलंकासँग पराजित भएको भारतले यसपटक त्यसैको बदला लिँदै शानदार जित निकालेको हो । यो भारतको लगातार १०औँ फाइनल सहभागिता पनि थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)