भक्तपुर अस्पतालले १९ पदमा माग्यो कर्मचारी
clickmandu.com · Mon Sep 14 02:30:40 GMT 2026

काठमाडौं । बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेको भक्तपुर अस्पतालले विभिन्न पदमा करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै विभिन्न विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको पदपूर्तिका लागि आवेदन मागेको हो । अस्पतालले एनेस्थेसियोलोजिस्ट, कार्डियोलोजिस्ट र ई.एन.टी. सर्जन (सबै नवौं तह) मा १-१ जना, मेडिकल अधिकृत (आठौं तह) मा ६ जना र स्टाफ नर्स (पाँचौं तह) मा १० जना गरी जम्मा १९ जना कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)