अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो
rajdhanidaily.com · Mon Jun 22 03:35:03 GMT 2026

काठमाडौं । मध्यपूर्वमा भू–राजनीतिक तनाव कायम रहे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार घटेको छ। आपूर्ति बढ्ने अपेक्षा र बजारको सतर्क प्रतिक्रियाबीच ब्रेन्ट तथा डब्लूटीआई दुवै प्रकारका कच्चा तेलको मूल्य ओरालो लागेको हो।
सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको छ। कारोबारका क्रममा ब्रेन्ट क्रुडको मूल्य १.६४ प्रतिशतले घटेर प्रतिब्यारेल ७९.२५ अमेरिकी डलरमा पुगेको छ। दिनको सुरुआती कारोबारमा भने ब्रेन्टको मूल्य ८२.३० डलरसम्म पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)