चाङ्गान नेभो Q05 सार्वजनिक: ‘ए क्लास अबभ’ कम्फर्ट र प्रविधिसहित ५१.९९ लाखमा उपलब्ध
lokaantar.com

नेपालमा चाङ्गान अटोमोबाइलका सवारीसाधनहरूको आधिकारिक बिक्रेता एमएडब्लू वृद्दि अटोकर्प प्रालिको अधिकृत डिलर ‘राजहंस अटोमोबाइल प्रालि’ले चितवनमा नयाँ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी ‘चाङ्गान नेभो Q05’ सार्वजनिक गरिएको छ। चितवनको रीजालचोकस्थित दीपल शोरुममा एक भव्य समारोहबीच यो गाडी औपचारिक रूपमा बजारमा ल्याइएको हो।
चितवनमा आयोजित यस लन्च कार्यक्रममा एफएनसीसीआई चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने क्याडाका अध्यक्ष इन्द्र रेग्मी विशेष अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा राजहंस अटोमोबाइल–चाङ्गान चितवनका अध्यक्ष दिलीप थनेत, एमएडब्लू वृद्धिका निर्देशक पार्थ सिकरिया, उपाध्यक्ष सन्दीप चटर्जी तथा एमएडब्लू वृद्दि अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्द लगायतको गरिमामय उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)