होर्मुज जलमार्गबारे इरान र खाडी मुलुकबीच हुने भनिएको वार्ता स्थगित
kendrabindu.com · Mon Sep 14 03:24:35 GMT 2026

काठमाडौं । ओमानले होर्मुज जलमार्गका सम्बन्धमा खाडी मुलुकहरू र इरानबीच हुने भनिएको क्षेत्रीय बैठक स्थगित गरिएको जनाएको छ । इरानी विदेश मन्त्रालयका एक अधिकारीले ओमानमा तय भएको उक्त बैठक केही क्षेत्रीय देशहरूको अनुरोध तथा तेहरान र मस्कटको संयुक्त निर्णयमा स्थगित गरिएको बताएका छन् ।
इरानी सञ्चारमाध्यमहरूले पनि केही अरब देशहरूको अनुरोधमा इरान र खाडी अरब देशहरूबीच ओमानमा हुने भनिएको वार्ता स्थगित गरिएको जनाएका छन् । हेर्मुज जलमार्गमा इरानी व्यावसायिक मालवाहक जहाजमाथि भएको आक्रमणमा एकजनाको मृत्यु भएको केही घण्टापछि बैठक स्थगित भएको खबर आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)