ब्राउन सुगरसहित दुई जना पक्राउ
canadanepal.com · Sat Jun 27 10:54:04 GMT 2026

विराटनगर - कोशी प्रदेश प्रहरीको लागुऔषध विरुद्धको महाअभियानअन्तर्गत आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूका साथबाट प्रहरीले चार ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० किलो गाँजा बरामद गरेको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका-३ का २६ वर्षीय विवेक राईलाई दुई ग्राम ८२० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका-१७ कान्छीचोकका २५ वर्षीय निशान कार्कीलाई एक ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)