रवि लामिछानेको भारत भ्रमण : विश्वास र अवसरको पहिलो ढोका
nepalviews.com · Fri May 29 08:57:02 GMT 2026

२०८२ सालको ऐतिहासिक ‘जेन जी विद्रोह’ र त्यसपछिको आमनिर्वाचनले नेपाली राजनीतिमा एउटा अभूतपूर्व परिवर्तन ल्याएको छ । दशकौँदेखि सत्ताको बागडोर सम्हाल्दै आएका पुराना राजनीतिक दलहरूको सिन्डिकेट भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमत हासिल गर्यो । यो ऐतिहासिक राजनीतिक रूपान्तरणपछि नेपालबाट हुन लागेको पहिलो उच्चस्तरीय वैदेशिक संवादका रूपमा रास्वपा सभापति रवि लामिछानेको आगामी भारत भ्रमणलाई निकै चासो र रणनीतिक महत्त्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री बालेनको भारत भ्रमण अझसम्म तय नभएको र रास्वपा सभापतिको भ्रमणलाई नै 'विकल्प' को रूपमा हेर्नुपर्ने अवस्था कूटनीतिक दृष्टिले नाजुक देखिन्छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछानेको भ्रमणलाई सरकारको औपचारिक भ्रमणसँग जोड्न नमिल्ने भन्दैमा लामिछानेको भ्रमणको महत्त्व नघटेको बताएका छन् । फागुन २१ को ऐतिहासिक चुनावमा झण्डै दुई–तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुने यो पहिलो विदेश भ्रमण हो । भारतले नेपालको नयाँ राजनीतिक शक्तिलाई कसरी हेर्छ र नयाँ नेतृत्वसँग आफ्नो सम्बन्ध कसरी परिभाषित गर्न चाहन्छ, त्यसको प्रारम्भिक सङ्केत यो भ्रमणबाट आउनेछ । यद्यपि, भारतले नेपालमा निर्वाचन परिणाम घोषणा भएलगत्तै रास्वपालाई स्वागत र शुभकामना दिएर सकारात्मक संकेत दिइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)