राष्ट्र सङ्घ भन्छ - हाइटीबाट १५ लाख मानिस विस्थापित
hamrakura.com · Sat Jun 06 00:00:00 GMT 2026
जेनेभा । संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकाय (आईओएम) ले विभिन्न ठूला तथा साना गिरोहहरूको द्वन्द्वले ध्वस्त भएको हाइटीमा १४ लाख ७० हजार मानिस विस्थापित भएको बताएको छ ।
एक करोड २९ लाख जनसङ्ख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा गरिब देश हाइटी वर्षौंदेखि अस्थिरताबाट ग्रस्त छ । शक्तिशाली सशस्त्र गिरोहहरूको स्वार्थको लडाइँका कारण हाइटीमा हत्या, बलात्कार, लुटपाट र अपहरणजस्ता जघन्य अपराधका घटनाहरू बढिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)