इनरुवा स्थापना गर्ने श्रेष्ठ परिवारसहित ३३२ जना सम्मानित
gorkhapatraonline.com · Fri May 29 09:09:22 GMT 2026

सुनसरीको इनरुवा स्थापना गर्ने परिवारका सदस्यहरूलाई इनरुवा नगरपालिकाले १९ औँ गणतन्त्र दिवस तथा ‘इनरुवा डे’ को अवसरमा सम्मान गरेको छ ।
वि.सं. १९८८ जेठ १५ गते झोडा फडानी गरी सुनसरी जिल्लाको सदरमुकाम इनरुवा स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका स्व. धनबहादुर श्रेष्ठका नातिहरू रमेश श्रेष्ठ (होमबहादुर श्रेष्ठका छोरा) र क्याबिनेट श्रेष्ठ (दिलबहादुर श्रेष्ठका छोरा) लाई शुक्रबार आयोजित विशेष समारोहमा सम्मान गरिएको हो । इनरुवाको स्थापना, विकास र ऐतिहासिक योगदानको कदर गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी र उपप्रमुख विनिताकुमारी मेहताले उहाँहरूलाई दोसल्ला, खादा र ताम्रपत्रसहित सम्मान पत्रद्वारा सम्मान गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)