आज २० जिल्लामा आकस्मिक बाढीको जोखिम
kendrabindu.com · Mon Sep 14 03:53:54 GMT 2026

काठमाडौं । देशका केही जिल्लामा आज (भदौ २९) पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । वर्षासँगै कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन संखुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, दैलेख, सुर्खेत, कालीकोट, हुम्ला, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)