राजनीति छोडेर गड्यौलाको मल उत्पादनमा सिंह
clickmandu.com · Fri May 29 09:38:31 GMT 2026

महेन्द्रनगर (कञ्चनपुर) । जिल्लाको भीमदत्त नगरपालिका-१९ बागफाँटाका ३९ वर्षीय महेशबहादुर सिंह व्यावसायिक गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बनेका छन् । पाँच वर्षअघिसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राजनीतिमा सक्रिय रहेका उनको परिचय पछिल्लो समय फेरिएको छ । छोटो समयमा उनी जैविक मल उत्पादन गर्ने किसानमा अग्रस्थानमा छन् ।
राजनीतिप्रतिको वितृष्णा र राजनीतिभित्रको गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिबाट टाढिएको बताउँदै सिंहले पछिल्लो समय गाउँमा कृषि र उत्पादनमूलक क्षेत्रमा जोडिएर जीविकोपार्जनका विकल्प खोजिएको उल्लेख गरे । डेढ वर्षअघिदेखि बागफाँटामा जमिन भाडामा लिएर गड्यौलाको मल उत्पादनमा जुटेका उनले अहिले किसानका मागअनुसार मल पुर्याउन नसकिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)