गणतन्त्र दिवस समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई निषेध !
shilapatra.com · Fri May 29 09:42:00 GMT 2026

गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना गरिएको विशेष समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई निमन्त्रणा नगरिएको पाइएको छ । शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहे पनि पूर्वप्रधानमन्त्रीहरू सुशीला कार्की, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्न भने भने उपस्थित थिएनन् । देउवा स्वास्थ्य उपचारका लागि विदेश गएको र हालसम्म नफर्किएको जनाइएको छ ।
पूर्वप्रधानमन्त्री खनालले टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा आफूलाई निम्ता नगरिएको जानकारी दिए । शिलापत्र सँग संक्षिप्त कुराकानी गर्दै उनले अन्य सरकारका बेला निमन्त्रणा आउने गरे पनि यसपटक कुनै औपचारिक निमन्त्रणा नआएको पुष्टि गरे । यद्यपि, निमन्त्रणा नआएको विषयलाई आफूले धेरै ठूलो मुद्दाका रूपमा नलिएको प्रतिक्रिया दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)