चिलिमे सुरुङमा बाढीको कहर : डिजाइनमै थियो जोखिम
annapurnapost.com · Mon Sep 14 04:18:08 GMT 2026

भोटेकोशी/त्रिशूली नदी वारपार रहेका विद्युत् आयोजनाका सुरुङमा कर्मचारी/कामदारहरू फसेका र कतिपयको उद्धार गरिएको समाचार सार्वजनिक भएका छन्। सुरुङभित्र के कति मानिस हताहत भए र के कतिको मृत्यु भयो भन्ने यकिन विवरण आउन बाँकी नै छ। तर, बाढीभन्दा पनि बाढीको जोखिमलाई ध्यान नदिई इन्जिनियरिङ डिजाइन गर्दा चिलिमे विद्युत् परियोजनाको सुरुङमा भएका मानिसको हताहती भएको हो।
चिलिमे विद्युत् आयोजनाले भोटेकोशीको सहायक नदी त्रिशूलीको पानीबाट बिजुली निकाल्छ। बाढी आएको भोटेकोशी नदीबाट होइन। बाढी सुरुङको मुखबाट (इन्टेक) बाट पसेको पनि होइन। सुरुङको मुख भोटेकोशी नदीबाट धेरै माथि चिलिमेबाट सुरु हुन्छ। बाढी त सुरुङको पुच्छर (आउटलेट) बाट विद्युत् गृह हुँदै पसेको हो। सन् २०२५ को बाढीका बेलामा पनि यस्तै भएको थियो, तर त्यतिबेला मानिसहरू सकुशल भाग्न सफल भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)