भेनेजुएलामाथि अमेरिकी नीतिको निरन्तरता
shilapatra.com · Sat Jun 27 11:02:00 GMT 2026

३ जनवरी २०२६ मा विश्वका हरेकजसो मिडियामा एउटा समाचारले प्रमुख स्थान ओगट्न पुग्यो– तत्कालीन भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी सत्ताद्वारा अपहरण । उक्त घटनालाई अमेरिकी सञ्चारमाध्यमहरूले धुमधामसँग प्रचार गर्न थाले । यद्यपि, उनीहरूको प्रचार शैलीमा अमेरिकी सत्ताले गरेको उक्त अपराधलाई ढाकछोप गर्ने कुचेष्टा भेटिन्छ । जस्तो कि अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले 'युनाइटेड स्टेट्स क्याप्चर्स मादुरो इन स्ट्राइकस अन भेनेजुएला' शीर्षकमा समाचार सम्प्रेषण गर्यो ।
त्यस्तै, 'द वाल स्ट्रिट जर्नल'ले 'यूएस क्याप्चर्स भेनेजुएलन प्रेसिडेन्ट', 'द वासिङ्टन पोस्ट'ले 'मादुरो इन ब्रुक्लिन डिटेन्सन सेन्टर आफ्टर यूएस क्याप्चर' र 'सीएनएन'ले 'मादुरो इन यूएस कस्टडी' शीर्षकमा समाचार सम्प्रेषण गर्न पुगे । यस्ता अन्य धेरै उदाहरण छन । यी तमाम शीर्षकमा 'क्याप्चर' शब्द प्रयोग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)