विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं- शिक्षामन्त्री पोखरेल
nepalsamaya.com · Mon Sep 14 04:50:05 GMT 2026

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबाट प्राप्त सुझावका आधारमा शिक्षा प्रणाली तथा पाठ्यक्रममा सुधार गरिने बताएका छन्।
मधेश प्रदेश भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालय पुगेर विद्यार्थी, शिक्षक र अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनले काठमाडौँमा बसेर मात्र पाठ्यक्रम बनाउने अभ्यास अन्त्य गर्नुपर्ने बताएका थिए। विद्यार्थीका सुझाव र गुनासोलाई समेटेर नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)