बाढीपीडित तथा अभिभावक गुमाएका बालबालिकाका लागि ‘स्याहार योजना’ लागू
aarthiknews.com

काठमाडौं । विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण र भविष्य सुरक्षित गर्न सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ। राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नारासहित योजना सार्वजनिक गरेको हो।
योजनाले विपद्पछिको तत्काल संरक्षणलाई दीर्घकालीन स्याहार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसँग जोड्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । मन्त्री सिता बादीले विपद्ले बालबालिकाबाट घर, परिवार वा अभिभावक खोस्न सक्ने भए पनि उनीहरूको बालापन र भविष्य सुरक्षित राख्नु राज्यको दायित्व भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)