बेइजिङमा ड्रोन राख्नसमेत प्रतिबन्ध
kendrabindu.com · Mon Sep 14 05:03:38 GMT 2026

बेइजिङ । चीनको राजधानी बेइजिङले नगर क्षेत्रभित्र ड्रोन राख्नसमेत प्रतिबन्ध लगाउने भएको छ । ड्रोनको बिक्रीमा प्रतिबन्ध लगाएको केही महिनापछि स्थानीय प्रशासनले स्वामित्वमा समेत कडाइ गर्ने नयाँ नियम ल्याएको हो । यो नियम नोभेम्बर १५ देखि लागू हुनेछ ।
सुरक्षाको कारण देखाउँदै बेइजिङले यसअघि नै अनुमति नलिई ड्रोन उडाउन रोक लगाएको छ । नगर क्षेत्रलाई प्रतिबन्धित हवाई क्षेत्रका रूपमा समेत तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)