मुस्ताङमा मनाइयो १९ औं गणतन्त्र दिवस
gorkhapatraonline.com · Fri May 29 10:36:27 GMT 2026

मुस्ताङमा १९ औं गणतन्त्र दिवसको अवसरमा विविधि कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस मू्रल समारोह समितिको आयोजनामा शुक्रबार सदरमुकाम जोमसोम बजारमा प्रभातफेरी गरी कर्मचारी र जनप्रतिनिधिबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रतियोगितामा कर्मचारीले जनप्रतिनिधिको समूहलाई २ का बिरुद्ध ३ गोल गर्दै विजय भएका थिए । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)