अन्तर्राष्ट्रिय महिला भलिबलः घरेलु मैदानमा नेपाल पदकविहीन
gorkhapatraonline.com · Fri May 29 10:48:30 GMT 2026
राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा घरेलु टोली नेपाल पदकविहीन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा भारतसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो ।
भारतले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गर्यो भने खेलको दोस्रो सेट २५-२३ ले जित्यो । त्यसैगरी खेलको तेस्रो सेटमा नेपाल २५–१५ ले जित्यो । खेलको चौथो सेट भने भारतले नेपालमाथि २५-२२ को जित निकाल्यो । यस जितसँगै भारतले प्रतियोगितामा तेस्रो स्थान हाँसिल गर्दा नेपाल भने चौथो स्थानमा रह्यो । यसअघि हिजो भएको सेमिफाइनलमा इरानसँग नेपाल ३–० को सेटमा पराजित भएको थियो । रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)