इंग्लिस प्रिमियर लिग: प्यालेसमाथि सिटीको सजिलो जित
kendrabindu.com · Sat Aug 29 00:32:32 GMT 2026
काठमाडौं । रायन चेर्की र इर्लिङ हालान्डको दुई दुई गोलको मदतले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शुक्रबार त्रिस्टल प्यालेसलाई ४–१ ले हराएको छ । यससँग सिटीले लिगमा आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राखेको छ ।
हालान्डले १७ र ८४ औं मिनेटमा एक एक गोल गरे । यस्तै चेर्कीले ५४ र ५९ औं मिनेटमा गोल गरे । प्यालेसका तर्फबाट सम्भव एक गोल आत्मघाती रह्यो र यो जियानलुगी डोनारुमाको नाममा रह्यो । जितले छ अंकसहित सिटी शीर्ष स्थानमा रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)