प्राइम कमर्सियल बैंकले ल्याउँदै ३ अर्बको ऋणपत्र, ६.२५ प्रतिशत ब्याज दिने
ajakoartha.com · Mon Jun 22 06:24:00 GMT 2026

काठमाडौं- प्राइम कमर्सियल बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक १० वर्षे अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले असार १६ गतेदेखि उक्त ऋणपत्र बिक्री खुला गर्न लागेको हो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र जारी गरी कुल ३ अर्ब रुपैयाँ बराबरको स्रोत संकलन गर्ने लक्ष्य लिएको छ। ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत स्थिर ब्याजदर पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)