भोटेकोशी बाढी: १३ सय ९२ को मृत्यु, चार हजार बढी बेपत्ता
reportersnepal.com · Mon Sep 14 05:40:37 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी हालसम्म १ हजार ३९२ जनाको मृत्यु भएको छ भने ४ हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अङ्ग रहेका छन्, जसमध्ये १०३ वटा शवको सनाखत गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। पहिचान हुन नसकेका बाँकी शवको डिएनए परीक्षणमार्फत सनाखत गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)